• १२ असार २०८१, बुधबार

एसियाडका लागि चार टेनिस खेलाडी छनोट

blog

एसियाली खेलकुदको टेनिस छनोटमा प्रतिस्पर्धा गर्दै अभिषेक बाँस्तोला ।

काठमाडौं, जेठ २८ गते । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)का लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान दुई दुई गरी चार खेलाडी छनोट भएका छन् ।

पुरुषमा अभिषेक बास्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणाले शीर्ष दुई मा रहँदै एसियाड सहभागिता निश्चित गर्नुभयो । पाँचदिने छनोटको पुरुषमा नौ तथा महिलामा सात जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।