काठमाडौं, जेठ २८ गते । अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा यू–१७ छात्रमा प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल र छात्रामा टिलिङटार स्कुलका पुर्णिमा गुरुङ च्याम्पियन बन्नुभएको छ ।
अन्नपूर्ण उच्च माविले आयोजना गरेको प्रतियोगितामा छात्रमा आयोजक अन्नपूर्ण स्कुलका प्रवेश लामा दोस्रो हुनुभयो । छात्रामा त्रियोगकी रिया श्रेष्ठ दोस्रो हुनुभयो ।
यू–१५ को छात्रतर्फ नेशनल क्रेडिटिभका रिदम घिमिरे पहिलो र अल्पाइनका शुलभ पौडेल दोस्रो हुनुभयो । छात्रातर्फ यू–१३ मा ग्रिनहिलका एन्जेल महर्जन पहिलो र पुष्पसदन स्कुलका शिवानी रिजाल दोस्रो हुनुभयो ।
यू–१३ छात्रमा वि एन एकेडेमीका अविन पाण्डे पहिलो बासु सेकेन्डरी स्कुलका माणिक ख्यनमली दोस्रो हुनुभयो । यू–११ छात्रमा त्रियोग हाइस्कुलका आभास रिमाल विजयी हुनुभयो । छात्रामा वि एन एकेडेमीकी बबिसा तामाङले बाजी मार्नुभयो । यू–९ छात्रमा सूर्यदय स्कुलका अग्रिम सैजु पहिलो हुनुभयो ।
विजेतालाई विश्व बुद्धिचाल महासंघका बेलायती फिडेका चेस डेभलपमेन्ट निर्देशक सुपर ग्राण्ड मास्टर नाइजेल डेभिड शर्तले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा विभिन्न ६० स्कुलका तीन सय खेलाडीको सहभागिता रहेका थियो ।