• २५ वैशाख २०८१, मङ्गलबार

अराजक गतिविधिलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ/रासस

काठमाडौं, जेठ २६ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनुभएको छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेतामाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता गतिविधिलाई छुट दिन नसकिने बताउनुभएको हो।  उहाँले शान्तिपूर्ण बाटोबाट विरोध प्रर्दशन गर्न पाइने भए पनि सरकारले अराजक गतिविधिलाई सहन गर्न नसक्ने स्मरण गराउनुभयो। 

उपप्रधानमन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो। 

उहाँले संविधान र कानुनलाई मिच्ने काम सरकारले गर्न नदिने पटकपटक दोहो¥याउनु भयो। उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि एकपछि अर्को ढंगले आक्रमण हुन दिनु कसैको पनि हितमा हुनेछैन। यसको हामीले रक्षा गर्नुपर्ने हुन्छ। आन्दोलनकारी साथीलाई पनि म भन्न चाहन्छु, सबैलाई आ–आफ्नो दृष्टिकोण, विचार राख्ने स्वतन्त्रता छ। तर म फेरि जोड गरेर भन्न चाहन्छु– संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण बाटो, शान्तिपूर्ण विधि अन्तरगत हुनुपर्छ।’’ 

उहाँले संघीयताको विषयमा आफ्ना धारणा शान्तिपूर्ण ढंगले राख्नसमेत अनुरोध गर्नुभएको छ। संविधान र कानुन आफ्नो हातमा लिने काम कसैले गर्नु नहुने उहाँको भनाइ छ। 

उपप्रधानमन्त्री श्रष्ठले भन्नुभयो, ‘‘संघीयताको रक्षा गर्न सक्नुपर्छ। संघीयताको बारेमा आफ्ना दृष्टिकोण शान्तिपूर्ण ढंगले राखेर जनमत सिजृन्ँना गर्दै वैधानिक बाटोबाट लागू गर्न सकिन्छ। त्यसमा ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु।’’ 

उपप्रधानमन्त्री श्रेष्ठले संघीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार बचनवद्ध रहेकोसमेत बताउनुभयो।