• ११ वैशाख २०८२, बिहिबार

प्रदेश सरकारको नीति तथा कार्यक्रम सभामा टेबुल

blog

प्रदेश सरकारको नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुभएको हो ।

प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । यसैगरी, प्रदेश सभाबाट धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाले प्रदेश सभाबाट उहाँलाई धन्यवाद ज्ञापनका लागि धन्यवाद प्रस्ताव पारित गरिएको छ । 

धन्यवाद प्रस्तावलाई प्रदेश सभा सदस्य प्रकाशबहादुर रावलले प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावको प्रदेश सभा सदस्य खुसीराम डङ्गौरा थारुले समर्थन गर्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।