• १६ चैत २०८०, शुक्रबार

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ २२ गते । सर्लाहीको बरहथवामा सोमबार मध्याह्न पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा दुई जना घाइते भएका छन् । बरहथवाबाट चक्रघट्टातर्फ गइरहेको प्रदेश–२–०३–००१ ख ३५२३ नम्बरको पिकअप नयाँ रोड–मधुवनी सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका–१२, लौकठमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–८ बस्ने २० वर्षीय सचिव पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा घाइते बाराकै १४ वर्षीय विश्वकै पासवान र १३ वर्षीय विवेक पासवानको उपचार जारी छ । 

दुर्घटनामा संलग्न पिकअप चालक प्रहरी नियन्त्रणमा छन् । जेनेरेटर, ग्याँस चुल्होलगायतका सामाग्री बोकेर हिँडेको पिकअप दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताउनुभएको छ । 

दुर्घटनामा परेको पिकअप कहाँ हिँडिरहेको थियो भन्ने खुल्न बाँकी नै छ । सवारीधनी सम्पर्कमा आएका र उनी कार्यालयमा आएपछि थप विवरण खुल्ने प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।