• १६ चैत २०८०, शुक्रबार

अटिजममा आधारित ‘मीरा’

blog

काठमाडौँ, जेठ १९ गते । नेपाली चलचित्र मीरा : स्याडो अफ अ रेन्बोको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्विन घिमिरेलाई देख्न सकिन्छ । 

चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले चलचित्रको विषयवस्तु बुझाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचविरुद्व हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग चलचित्रमा पाइन्छ । उहाँले सम्बन्धलाई उजागर  गर्न चाहने एक आमाको सङ्घर्ष पनि चलचित्रमा रहेको दाबी गर्नुभयो । चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।