• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नु हुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोप्नुभएको हो। 

सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउनुहुँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।