काठमाडौं, वैशाख १२ गते। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ।
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो।
उहाँलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ। रासस