• ७ वैशाख २०८१, शुक्रबार

असफलताले घुँडा टेक्दा मिलेको सफलता

blog

आरोही हरि बुढामगर

काठमाडौँ, जेठ १० गते । हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिनुभएको छ ।

विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य साहस र बहादुरी प्रमाणित गरेर अद्वितीय प्रतिष्ठा आर्जन गर्ने बाबुको सपना पूरा गर्न साबिकको प्रवीणता प्रमाणपत्र तह पूरा गरेर बेलायती सेनामा भर्ती हुनुभएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आइप-यो । जागिरे जीवनको १५ वर्षपछि अफगानिस्तानको हेलमान प्रान्तमा तालिबान आव्रmमणकारीले थापेको एम्बुसमा परी उहाँले दुवै खुट्टा गुमाउनुप-यो । 

जागिर सुरु गर्ने बेलामा कि मरिएला नभए मारिएला भन्ने सोचका साथ फौजमा भर्ती हुनुभएका बुढामगरलाई दुवै खुट्टा गुमाएर बस्नुपर्दाको मानसिक बोझ भने बढ्दै गयो । सँगैका नम्बरीहरू लडाइँको मोर्चामा खटिरहँदा उहाँ एकाएक सपना जस्तै लडाइँबाट अलग्गिएर भूतपूर्व लाहुरे हुँदै अपाङ्गताको जीवनमा प्रवेश गर्नुभयो । चाहेको भए जन्मभूमि थवाङ वा काठमाडौँ वा बेलायतको कुनै सहरमा ढुक्कले सम्मानजनक निवृत्तिभरण थापेर नाफामा पाएको जीवन जिउँदै गरेको हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “तर युद्वको घाउले बनाएको अशान्त मनलाई ह्विल चेयरमा मात्रै सीमित राख्न सकिन्थ्यो र ?”

साधारण मान्छे र आफूमा केही फरक नभएको देखाउन साहसिक खेलहरुरूा संलग्न हुन थाल्नुभएका उहाँको आत्मविश्वासले अहिले साधारण मान्छे जस्तै हिँडडुल मात्रै होइन विश्वका सर्वोच्च शिखर चुमेर फर्किनुभएको छ । सगरमाथा आरोहण गरेर विश्वलाई नेपालीको साहस प्रदर्शन गर्ने लक्ष्य बोके पनि पछिल्लो एक दशक यता सरकारले अपाङ्गता भएकालाई सगरमाथा आरोहणमा रोक लगाएकाले उहाँ निरास हुनुभएको थियो । तर राज्यले उहाँलाई अनुमति प्रदान ग-यो । 

मङ्गलबार सगरमाथा आरोहण पूरा गरेर राजधानी फर्किनुभएका उहाँले आरोहणको तयारी गर्दै गर्दा सरकारको पर्वतारोहणसम्बन्धी नियमावलीको पाँचौँ संशोधनले दुवै हात खुट्टा नभएका तथा दुवै आँखा देख्न नसक्नेलाई सगरमाथा आरोहण गर्नबाट वञ्चित गरेको व्यवस्थाले सबैभन्दा बढी कानुनी समस्या भोगेको बताउनुभयो । 

पछिल्लो आठ वर्षमा सामान्य मान्छेले जे गर्न सक्छन् आफूले समेत त्यो गर्दै आएको अनुभव सुनाउँदै उहाँले दुवै खुट्टा (घुँडाभन्दा माथिसम्म) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोचमा सरकारले साथ दिँदा सगरमाथा चढ्ने सपना पूरा भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “१५ वर्ष बेलायती सरकारको लागि काम गरेँ। मेरो दुईवटा खुट्टा पनि दिएँ। मेरा श्रम, समय र आधा युवावस्था दिएँ। तर मैले मेरो देशलाई के दिएँ त ? भन्ने हुटहुटीले आज देशलाई सफलता दिएको छु। सगरमाथा चढ्ने आममानिसलाई प्रेरणा, हौसला र आत्मविश्वास दिएको छु।”

आरोही बुढामगरले अबको यात्रा अपाङ्गता भएकालाई हिमाल चढ्दा बेहोर्नुपर्ने प्रव्रिmयागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभयो। हिमाल चढ्दा अपाङ्गता भएका मानिसले पूरा गर्नुपर्ने कानुनी प्रव्रिmयालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आफू केन्द्रित रहने उल्लेख गर्दै उहाँले अब अपाङ्गता भएकाहरूले आफूले जस्तो लामो प्रव्रिmया भोग्नु नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभयो।

मङ्गबार लुक्लाबाट राजधानी फर्किनुभएका बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभयो। “हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ,” विमानस्थलमा स्वागत गर्दै मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ।”

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत आरोही बुढामगरलाई शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन सफल उदाहरण बन्नुभएको भन्दै बधाई दिनुभएको छ।

चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लाग्नुभएका उहाँ शुव्रmबार दिउँसो ३ बजे सगरमाथा शिखरमा पुगेर फर्किनुभएको हो। आरोही बुढामगरले सगरमाथाको आरोहण मात्रै पूरा गर्नुभएको छैन, पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत कायम गर्नुभएको छ। 

कामिरिताको नयाँ रेकर्ड

सगरमाथा आरोहण जारी रहँदा अर्का आरोही कामिरिता शेर्पा २८ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ। कामिरिताले जारी ऋतुमा एक हप्तामा दुई पटक सगरमाथाको आरोहण पूरा गर्नुभएको हो।

गत बुधबार २७ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका उहाँले मङ्लबार बिहान ९ बजेर २३ मिनेटमा पुनः सगरमाथाको २८ औँ पटक आरोहण पूरा गर्नुभएको छ। आरोहण एजेन्सी सेभेन समिट ट्रेक्सका अनुसार उहाँले एक साताभित्रै आफ्नो रेकर्ड तोड्नुभएको छ।   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।