• २७ पुस २०८१, शनिबार

हेरेकै भरमा उपचार गर्छु भन्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

blog

काठमाडौं, जेठ ५ गते। आँखाले हेरेकै भरमा रोग निको बनाउँछु भन्दै हिँड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ। 

शुक्रबार विज्ञप्ति निकाल्दै सङ्घले यस प्रकारका कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न सरकार तथा सरोकारवाला निकायसँग माग गरेको हो। 

सङ्घले यस्ता अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई बन्द गर्न आग्रह गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, “हालै सामाजिक सञ्चालनमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधारण नागरिकमा भ्रम सिर्जना गरेकोप्रति नेपाल चिकित्सक सङ्घको ध्यानाकर्षण भएको छ।”

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै  भ्रम सिर्जना हुनु गलत भएको सङ्घको ठहर छ।