• ७ जेठ २०८१, सोमबार

आत्मनिर्भर अर्थतन्त्रका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ : मन्त्री रिजाल

blog

नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी’ समिटको उद्घाटन गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल। तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, जेठ २ गते। उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। 

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो। उहाँले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले स्वदेशी वस्तुको उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो। 

उहाँले सरकारले उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालन गरेको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरेर प्रवर्द्धन र निर्यातमा सकारात्मक भूमिका खेल्ने विश्वास रहेको बताउनुभयो। उहाँले सरकार लगानीमैत्री वातावरण निर्माण गरेर आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोतको उपभोग गर्न आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो,‘‘स्वदेशमा उत्पादन उपभोग साथै रोजगारी तथा आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा क्रमिक विकासको उद्देश्य प्राप्तिका लागि उद्योग मन्त्रालय र उद्योग परिसंघको सहकार्यमा सञ्चालनमा आएको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवर्द्धन र निर्यातमा सकारात्मक भूमिका खेल्ने विश्वस्त छौँ। आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार निजी क्षेत्रबीच सहकार्य प्रभावकारी रूपमा आवश्यक रहेको छ। औद्योगीकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव छैन। स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धन निर्यात बढाउन गरिनुपर्ने नीति तथा व्यवहारिक पक्षका विषयमा मन्त्रालय तयार छ।’’

उहाँले औद्योगीकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको बताउनुभयो। उहाँले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धन निर्यात बढाउन गरिनुपर्ने नीति तथा व्यवहारिक पक्षका विषयमा मन्त्रालय तयार रहेको उल्लेख गर्नुभएको छ।