• ७ वैशाख २०८१, शुक्रबार

थोकमा भाउ घट्यो खुद्रामा घटेन

blog

काठमाडौँ, जेठ २ गते । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी पाँच रुपियाँ, सनफ्लावर र भटमास तेल प्रतिलिटरमा ३० रुपियाँसम्म मात्रै घटेको बताउँदै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले थोक व्यापारीले भनेजस्तो बजारमा उपभोग्य वस्तुुको भाउ नघटेको दाबी गर्नुुभयो । उहाँले भन्नुुभयो, “खुुद्रा पसलमा उहाँहरूको जस्तो मनोमानी जति भने पनि हुुने हुँदैन, हाम्रो धेरै प्रतिस्पर्धा छ, घटेको भाउ बढाएर बिक्री गर्नेबित्तिकै हाम्रो पसल नै चल्दैन । त्यसैले थोकमा घटेको भाउ खुुद्रामा नघटाई हुँदै हुँदैन, त्यो सम्भव छैन ।” सनफ्लावर तेलको भाउ प्रतिलिटर २५० बाट घटेर २२० रुपियाँ पुुगेको छ, थोक व्यापारीले यही तथ्याङ्कलाई लिएर ३० प्रतिशत घटेको झुटो तथ्य प्रस्तुुत गर्दै आएको उहाँको भनाइ छ । 

दैनिक उपभोग्य वस्तुु चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्यवस्तुको मूल्य थोकमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट वञ्चित भएको हुन सक्ने थोक व्यापारी बताउँछन् । थोक खाद्यवस्तुु व्यापार गर्ने व्यवसायीका अनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य थोकमा सस्तो भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घको मासिक बजार मूल्य बुलेटिनमा पनि केही मूल्य घटेको देखिन्छ तर किराना पसलले थोकको दाबी अनुसार वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन् । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार बजारमा बढी खपत हुने चामल, दाल, सनफ्लावर र सोयाबिनको तेलको भाउ घटेको छ । चामलमा प्रतिबोरा दुई सय रुपियाँ, सनफ्लावर तेल प्रतिलिटर २५० रुपियाँबाट घटेर १८० रुपियाँ, सोयाबिन तेलको मूल्य २४० रुपियाँबाट १४५ रुपियाँ थोकमा कारोबार भएको दाबी गरिएको छ । 

यस्तै मैदा प्रतिकेजी ११५ रुपियाँबाट घटेर प्रतिकेजी ६० रुपियाँमा झरेको छ । मुसुरो दाल, मास दाल, रहर दाल, गेडागुडी प्रतिकेजीमा १० देखि २० रुपियाँसम्म घटेको थोक व्यवसायी सङ्घले जनाएको छ । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेल, चामल, आँटा, मैदा, दलहनलगायतका खाद्यवस्तुको भाउ ४० प्रतिशतसम्मले घटेको दाबी गर्नुुभयो । उहाँले अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावट र उत्पादकको मूल्य र लागत घट्नु र बजारको आर्थिक चव्रm मिलाउनका लागि पनि होलसेलले मूल्य घटाइरहेको बताउनुुभयो । “व्यापारी पनि बजारमा हिसाब मिलाउन जसरी पनि नगदमा सामान बिव्रmी गर्ने दबाबमा छन् । यसले मूल्य घट्ने नै भयो,” अध्यक्ष श्रेष्ठ थप्नुुभयो, “अर्कोतर्फ 

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेको छ ।” 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले थोकमा घटेको खाद्यवस्तुुको भाउ खुुद्रामा किन्ने उपभोक्ताले महसुस गर्न नपाउनुु सरकारका नियमनकारी निकायको निकम्मता भएको बताउनुुभयो ।

“थोकमा मूल्य घटेको अनुसार भाउ नघट्दासमेत सरकारका नियमनकारी निकायले अनुुगमन गर्नुु पर्दैन ?” प्रतिप्रश्न गर्दै उहाँले भन्नुुभयो, “सरकारीको अनुुगमन टोलीले नियमित अनुुगमन गरेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ तर अनुगमन असाध्यै फितलो छ, त्यसैले स्वयम् उपभोक्ता सचेत हुनु पर्छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले खुद्रा बजार सामान महँगो भएको भनेर अहिलेसम्म उजुरी गुनासो नआएको जानकारी दिनुुभयो । 

विभागले उपलब्ध जनशक्तिबाट नियमित अनुगमन गरिरहेको भन्दै उहाँले थोकमा घटेको खाद्यवस्तुुको मूल्य खुद्रामा खाद्यवस्तुुको मूल्य नघटेको गुुनासो नआए पनि आइतबारदेखि थोकमा घटेको भाउ खुुद्रामा किन घटेन भनेर खोजी भएको तर अहिलेसम्म त्यस्तो नपाइएको बताउनुुभयो । 

बजार अनुुगमन गर्दा बढी मूल्य लिएको पाइयो भने उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुुने पनि निर्देशक भट्टराईको भनाइ छ । उहाँले वस्तुु र सेवाको मूल्यका विषयमा स्वयम् उपभोक्ता सचेत नभएसम्म सरकारको एउटा निकायले अनुुगमन गरेर मात्रै बजार सुध्रिन नसक्ने बताउनुुभयो ।