• ७ वैशाख २०८१, शुक्रबार

एपीएफमाथि मच्छिन्द्रको जित

blog

लिगमा प्रतिस्पर्धा गर्दे आर्मी र संकटाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख २४ गते । साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबमाथि जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २-१ गोलले हरायो ।

मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलावाले अफिजले गोल गर्नुभयो । एपीएफका र्मान्ड बिडोमको गोल सान्त्वना बन्यो । करिमले पहिलो हाफको इन्जुरी  समयमा गोल गर्नुभएको थियो ।

अफिजले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि एपीएफका बिडोमले ३६औं मिनेटमा सुरुवाती गोल गर्नुभको थियो । जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अङ्क बनाएको छ । एपीएफको समान खेलबाट एपीएफको १९ अङ्क छ । 

यसैगरी एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा त्रिभुवन आर्मी र संकटा क्लबले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । आर्मीका लागि कप्तान भरत खवासले १८औं मिनेटमा गोलको खाता खोल्नुभयो ।

संकटाका युसुफ एट्रिसले दोस्र हाफको इन्जुरी समयमा पेनाल्टीमा बराबरी गोल फर्काउनुभएको थियो । बराबरीसँगै आर्मीले १५ खेलबाट २१ अङ्क बनाएको छ । रेलिगेसनको दबाबमा रहेको संकटाको समान खेलबाट १७ अङ्क छ ।