• १३ असोज २०८१, आइतबार

एमाले सांसद् कोइरी निलम्बित

blog

प्रतिनिधि सभा सदस्यबाट निलम्बित लक्ष्मी महतो कोइरी । फाइल तस्बिर

काठमाडौं, वैशाख १९ गते। नेकपा (एमाले) का सांसद् लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य कोइरीलाई मंगलबार सभामुख देवराज घिमिरेले निलम्बन गर्नुभएको संघीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो। 

कर्तव्यज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु भनेर गरेको फैसला गुजारेर फरार रहेको भन्ने व्यहोरासहितको पत्र नेपाल प्रहरी प्रधान कार्यालयले पठाएपछि मंगलबार सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गर्नुभएको हो। 

महासचिव गौतमका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को व्यवस्था बमोजिम कोइरी निलम्बनमा पर्नुभएको हो। 

सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा कोइरीलाई जनकपुर उच्च अदालतले पक्राउ गर्न आदेश दिएको थियो। अदालतको म्याद गुजारेर कोइरी फरार छन्।