शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारायण तुम्बापो
फिदिम, १६ गते। हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३, देउराली स्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन्।शुक्रबार राति दश बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
स्थानीय प्रकाश राई, शुकबहादुर राई, सुरेन्द्र आङ्बो, टेकबहादुर गुरुङले संयुक्त रूपमा सञ्चालन गर्नु भएको फर्मका भेडा मरेका हुन्।बाह्र वटा भेडा घाइते अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
फर्ममा कार्यरत ५५ वर्षीय प्रेम राई चट्याङमा परेर घाइते हुनुभएको छ। उहाँको दाहिने हात र खुट्टा नचल्ने भएका छन्।राईलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकीमा पुर्याएको प्रहरी भनाइ छ।घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताउनुभयो।