• ५ कात्तिक २०८१, सोमबार

उत्तरी चीनमा सडक दुर्घटना, ६ को मृत्यु, १२ घाइते

blog

लान्झोउ, वैशाख १५ गते । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान सहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार सहरको जिन्ता काउन्टीमा आज (शनिबार) बिहान एउटा सेमी ट्रेलर ट्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते सबै जना मिनिभ्यानमा सवार रहेको थिए । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा