अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १५ गते । पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका घोषित भएका छन् । १४ वटा वडा रहेको पुतली बजार नगरपालिकामा वडाभित्रका १६ देखि २३ महिनाभित्रका ३५३ बालबालिकाले पूर्ण खोप पाएका हुन् ।
नगरपालिकाले ३७७ को लक्ष्य लिएकोमा बालबालिकालाई १३ वटा रोग विरुद्धका सात वटा खोपका मात्रा पूरा भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
यस्तै, छ वटा वडा रहेको अर्जुन चौपारी गाउँपालिकामा १५ महिनाभित्रका २४७ र १६ महिनाबाट ५९ वर्षभित्रका ६१८ जना बालबालिकालाई निरन्तर खोप लगाएको आधारमा पूर्ण खोप खोप सुनिश्चतता पालिका घोषणा गरिएको हो ।
नेपालमा ८० प्रतिशत बालबालिकाले पूर्ण र १६ प्रतिशतले आंशिक खोप पाएका छन् । तर, ४ प्रतिशत बालबालिका भने अझै खोपबाट वञ्चित रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत वसुन्धरा शर्माले बताउनुभयो ।