• १२ मंसिर २०८१, बुधबार

हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यलय सफा गर्न मन्त्रालयको आग्रह

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ।

काठमाडौं, वैशाख १५ गते । सरकारले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई आज (शुक्रबार) देखि १० मिनेट आफ्नो कार्यलय सफा गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु हाजदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सफा गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।

आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य रुपमा सञ्चालन गर्न मन्त्रालयले अनुरोध छ ।

गत वर्ष नेपालमा डेंगी सङ्क्रमण हालसम्मकै उच्च भएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै सङ्क्रमण बढ्दै गरेकाले सरकारले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले सबैको प्रयासले मात्रै डेंगी सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकाले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवम् निकायहरुले आफ्नो स्थानमा सहभागिता, सहजीकरण र समन्वय गरिदिनुहुन अनुरोध गरेको छ ।

डेंगी सङ्क्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्ने र सङ्क्रमित लामखुट्टेको टोकाईबाट बच्नुनै उत्तम उपाय हो ।   

डेंगी गराउने लामखुट्टेले हाम्रो घर र कार्यालय वरिपरि जमेर रहेको स्थीर सङ्गलो पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ र सङ्क्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले सङ्क्रमण गराउने हँदा पानी जन्म नदिन आग्र गरेको छ ।

डेंगुबाट बच्न झुल टागे सुत्ने, खेतवारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने,सभ्व भएसम्म लामखुट्टे, भगाउने धुप वामलमको प्रयोग गर्ने, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन मन्त्रालयले आग्रह गरेको हो ।