काठमाडौं, वैशाख ५ गते । सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको हो ।
मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।
मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।