• १६ वैशाख २०८१, आइतबार

गाउँखाने कथा

blog

१.   कम्मर कसी काम गर्ने हाम्री घरकी नानी

जति पछि हुँदै गयो उति हुन्छिन सानी के होला ?

२ .  दिनभरि कुन्नी कता मस्तसँग सुत्छ

रात पर्दा बत्ती बाल्दै गाउँगाउँ डुल्छ के होला ?

३.   घुम्ने मेरो काम हो सधैँभरि घुम्छु

पानी खाएपछि भने आरामसँग सुत्छु

के होला ?

४.  उसले बोल्दा सबै ध्यान दिएर सुन्छन् कुरा

सबै बुझ्न सके मानिस हुन्छन् ज्ञानी

ल भन्नुहोस के हो ? 

५.  मन चोर्ने मायालु ति राति राति आउँछिन्

उज्यालो हुन नपाउँदै कुन्नी कता जान्छिन् ?

६.  लामो लामो लहरमा फल्ने मीठो फल

खाँदा भने मुखभरि हुन्छ जलै जल

के कुरा हो त्यो ?

७. हातखुट्टा केही छैन जता सुकै जान्छ

बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ भन्नुहोस के हो ?

उत्तरहरू : (१) कुचो (२) जुनकिरी (३) घडी ४ रेडियो ५ सपना ६ अङ्गुर ७ चिठी


सङ्कलन : समीप सिग्देल, कक्षा ५, मिल्सबेरी स्कुल, बाँसबारी