• १५ वैशाख २०८१, शनिबार

बालगीत

blog

आज हामी भन्टाङ भुन्टुङ 

सबै साना साना 

हामी पनि बन्छौँ भोलि 

हाम्रै घरको छाना । 


दिनभरि बाबाआमा 

जान्छन् मेला पात 

घर धन्दा सक्छौँ हामी 

भाइबैनीको साथ ।


परिश्रमले भरिने छ 

मुरी पाथी माना 

हामी पनि बन्छौ ँभोलि 

हाम्रै घरको छाना ।


सानालाई माया गर्छौं 

ठूलालाई आदर 

बाबा भन्छौँ आमा भन्छौँ 

होइन मदर फादर 


पराइको सिको गर्नु 

हक हुँुदैन है जान 

हामी पनि बन्छौँ 

भोलि हाम्रै घरको छाना । 


भरतपुर, चितवन