मुना पाई केटाकेटी सबै परे दङ्ग
मुनाले उनीहरूको जीवनमा उमङ्ग ।
कहिले आउँछ भनी हामी पर्खिरहन्छौँ
पाएपछि नसकिञ्जेल पढिरहन्छौँ ।
ज्ञानी, अनुशासित भई सही बाटो हिँड्ने
मुनाबाट सिक्छौँ हामी असल मानिस बन्ने ।
कथा, कविता र चित्र अनि ज्ञानगुनका कुरा
शब्दवर्ग र सुडोकुले पार्छन् मस्तिष्क छुरा ।
हाम्रो प्रतिभालाई ठाउँ दिने यो नै हो आधार
मुना नै केटाकेटीको साहित्यको भण्डार ।
चित्रकथा रमाइलो छ, परदेश परिचयले ज्ञान
मेरो कुचीमा मरो चित्र छापिएछ फुरुङ्ग छ मन ।
धर्म संस्कृति विज्ञान कथा हामीले पढ्न पायौँ
रमाइलो संसार घुमी हामी अझै छक्क प¥यौँ ।
जन्मदिनमा मेरो फोटो आएछ नि आहा
आज फेरि मुना हातमा मरो प्यारो मुना ।