• १६ चैत २०८०, शुक्रबार

फिल्म 'बहाव'को टिकट किन्दा निःशुल्क थाइल्यान्डको प्याकेज

blog

काठमाडौं, चैत १९ गते । अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन् । 'बहाव' सिनेमा निर्माण पक्षले बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । 

केही दिन अगाडि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो  । पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के बाइ सी प्रमाणित भएको हुनुपर्ने छ । 

नेपालभरिबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिनेछ । खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डी होलिडेजकोतर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । साथै खल्ती एपबाट टिकट काट्दा दश प्रतिशतसम्म पैसा फिर्तासमेत प्राप्त गर्न सक्ने छन् ।