• ११ वैशाख २०८१, मङ्गलबार

सिम्पल र कुन्साङको 'हेरेको तिमीलाई'

blog

काठमाडौं, चैत १६ गते । लोकप्रिय गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन अभिनीत 'हेरेको तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, लोकप्रिय सङ्गीतकार टिका दाहालको सङ्गीत छ । गीत राहुल प्रधानको संगीत संयोजनमा तयार भएको हो । 

उत्तम हुमागाईँले छायाङ्कन गर्नुभएको भिडियोलाई हरि हुमागाईँले सम्पादन गर्नुभएको हो र भिडियो सिम्पल खरेलको निर्देशनमा तयार पारिएको हो ।