• २१ असार २०८१, शुक्रबार

५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

blog

आरोपित नवीन कुमार दास । तस्बिर: ललिता साह

ललिता साह

सप्तरी, चैत १० गते । घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज वडा नम्बर ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै गत माघ २६ गते जाहेरी लिएर अदालत पुग्नु भएको हो ।

विवाह सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्नुहुँदै बिहीबार जिल्ला अदालतका एक नम्बर न्यायधिस हेमन्त रावल को एकल इजलासले पुर्पक्षका लागि आरोपित दासलाई कारागार चलान गरिएको अधिवक्ता किरण कुमारी साहले जानकारी दिनुभयो । मुद्दाको अनुसन्धानको क्रममा यसअघि आरोपित दासलाई २५ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा भइराखेको अनुसन्धान अधिकृत राजीव गिरीले बताउनु भएको हो । 

पीडित आरतीको अनुसार तीन वर्ष अघि बिहे भएको र त्यति वेलैदेखि थप दाइजो माग गर्दै ससुराली पक्षले आफूलाई कुटपिट गर्दै यातना दिँदै आएको हो । कहिले जग्गा किन्न त कहिले घर बनाउन कहिले छोरालाई पढाउन भनेर अनेक बहानामा माइती पक्षबाट नगद रुपैयाँ मागेर ल्याउन दबाब दिँदै आएको पीडितको भनाइ रहेको छ ।गत वैशाख ५ गते श्रीमान् नवीनकुमार दास , सासू (ससुरा राजकुमारी र घनश्याम दास नन्द हरुको समेत मिलेर कोठाको ढोका थुनेर मरणासन्न हुने गरी कुटपिट गरेको थियो । त्यसपछि आफ्नो गर्भ समेत तुहेको हो । आफू बाध्य भएर न्याय खोज्दै अदालत पुगेकी हुँ, आरतीले साउनुभयो ।