• १३ वैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई

blog

राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन राष्ट्रपति कार्यालयमा पुगेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल ।

काठमाडौं, चैत ९ गते। नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवम् शुभकामना दिएको हो।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ। 

उहाँले वर्तमान आर्थिक सङ्कट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो। मुलुकभित्र उत्पादन वृद्धि एवम् रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो। 

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। उहाँले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको बताउनुभएको चेम्बरले जनाएको छ।  रासस