• १५ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले धोका दिनुभएपछि सरकारबाट अलग भयौं : लिङ्देन

blog

सोमबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ६ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिनुभएपछि आफूहरुले सरकार छोडेको बताउनुभएको छ। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्याङ्कन गर्ने बताउनुभएको हो। हाइड्रोजन गाडी दिँदादिँदै प्रधानमन्त्री थोत्रोको गाडीमा फर्किएको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो। 

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘हामीले त लाइसेन्सप्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ। तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो। त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ। समर्थन फिर्ता लियौँ। तर उहाँले धोका दिनुभयो। यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ। प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो।’

अध्यक्ष लिङ्देनले राप्रपाले विश्वासको मत नदिने पनि बताउनुभयो।