• २७ वैशाख २०८२, शनिबार

लोसपा अब सत्तापक्ष

blog

काठमाडौँ, चैत ६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी बैठकले सत्तापक्षमा बस्ने र प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो । 

बैठकले संसद्मा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि लोसपा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । बैठकले अब सत्तापक्षमा नै बस्ने र सरकारमा सहभागी हुने निर्णय गरेको छ ।