• १२ साउन २०८१, शनिबार

धनकुटा क्याम्पसमा अनेरास्ववियुको बुढाथोकी निर्वाचित

blog

कबिराज घिमिरे

हिले, चैत्र ५ गते । स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्बत चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार पदभार ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ । धनकुटाका धनकुटा बहुमुखी र हिले क्याम्पसमा शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको हो ।

धनकुटा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी संगठनको सहमतिमा अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपाध्यक्ष र सचिवमा नेपाल विद्यार्थी संघका सुवास भण्डारी र सुवास खनाल, सहायक सचिवमा अखिल क्रान्तिकारीका किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिनासहित १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएका छ । 

धनकुटा बहुमुखी क्याम्पसमा आयोजित एक समारोहबीच नवनियुक्त कार्य समितिलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै, हिले क्याम्पसमा पनि आजै पदभार ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ । हिलेमा अनेरास्ववियुका बिशाल तामाङ्गको अध्यक्षतामा कमिटि गठन गरिएको हो । उपाध्यक्षमा उषा राई, सचिबमा रामकुमार लिम्बु, सहसचिबमा रितेष कट्वाल र कोषाध्यक्षमा अन्जली कार्की सहित ११ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएको हो । हिले क्याम्पसमा आज एक कार्यक्रम आयोजना गरी पदभार ग्रहण तथा प्रमाणपत्र वितरण गरिएका क्याम्पस प्रमुख तारानाथ मिश्रले जानकारी दिनुभयो ।

धनकुटामा एक आङ्गिक र ६ सम्बन्धन प्राप्त गरी कुल सात क्याम्पसमा सहमतीमा नेतृत्व चयन  भएको हो । सहमतिअनुसार धनकुटा बहुमुखि क्याम्पससहित हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवास अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पसमा नेपाल विद्यार्थी संघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन् । 

धनकुटाकै गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन् । तर बाँकी दुबै क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने सहमति भएको छ ।