• २२ वैशाख २०८१, शनिबार

रुपन्देहीमा नेविसंघले खाता खोल्यो, जनता कलेज छपियामा प्यानल नै विजयी

blog

स्ववियु चुनावमा विजयी लिलाधर घिमिरे छपिया जनता कलेज नेविसंघको टीम । तस्वीर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, चैत ५ गते । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय हुनुभएको हो । 

यादवले एक सय १३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत पाउनुभयो ।

त्यस्तै, सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट तथा सदस्यहरूमा नीराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष् जैसवाल विजयी हुनुभएको नेसविंघ रुपन्देही सभापति शमसेर खड्काले जानकारी दिनुभयो । उक्त क्याम्पसमा दुई सय सय ३१ जना विद्यार्थी मतदाता भएपनि एक सय ६६ मत खसेको हो ।