• ३ जेठ २०८१, बिहिबार

स्लिम देखिन पहिरनमा ध्यान !

blog

काठमाडौँ, चैत  १ गते । स्लिम र आकर्षक देखिन कसलाई मन हुँदैन र । तौल घटाएर आकर्षक देखिन महिलाले खाना नखाने, कम खाने, विभिन्न औषधि प्रयोग गर्नेजस्ता विविध उपाय अपाउने गरेका पाइन्छ । 

अधिकांश महिला स्वस्थ र जवान देखिन आफ्नातर्फबाट पूर्ण रूपमा प्रयास पनि गर्छन् तर व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने 

फुर्सद नै हुँदैन । यस्तोमा पहिरनको सही छनोटले छरितो (स्लिम लुक) हुन सकिने भएकाले यससम्बन्धी ज्ञान लिने प्रचलन बढ्दो छ ।  

स्लिम देखिन एङ्कल लेन्थ वा त्यसभन्दा लामो ब्ल्याक, नेवी, जिन्स वा ट्राउजर लगाउनुपर्छ । यसका साथमा स्लिम फिट सर्ट, टेलर्ड ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ । 

यस्तै मोटोपन धेरै छ भने थ्री फोर्थ, फुल स्लिभ खालको लुगा उपयुक्त हुन्छ । घुँडासम्म लामो पेन्सिल वा ए लाइनर स्कर्ट लगाउँदा पनि स्मार्ट देखिन्छ । 

केप्री पाइन्ट, लङ ब्यागी सोर्टस्, सर्ट टप, धेरै टाइट ड्रेस, सेपलेस हाफ लेन्थ स्कर्ट आदि लगाउनु हुँदैन । यस प्रकारको लुगाले झन् मोटो देखाउँछ । मोटोपन लुकाउन ओभर साइजका कपडा लगाउनु हुँदैन । कपडाको फिटिङ र हेमलाइनमा विशेष ध्यान पु‍¥याउनुपर्छ । धेरै टाइट वा लुज पहिरन लगाउनु हुँदैन । यसबाट मोटोपन लुक्नुको साटो अझ बढी देखाउँछ । फिटिङ र सहज प्रकारको पहिरन लगाउनुपर्छ । खुट्टा धेरै मोटा भए सर्ट ड्रेसका साथमा डार्क कलरको स्टकिङ्स लगाउनुपर्छ ।