• ६ जेठ २०८१, आइतबार

'नाइँ नभन्नु ल ६' को गीत 'दिउँला माया' सार्वजनिक

blog

काठमाडौं, फागुन ३० गते । आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म 'नाइँ नभन्नु ल ६' को गीत 'दिउँला माया' सार्वजनिक गरिएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशीर्वाद बराललाई देख्न सकिन्छ । 

बेनिशा पौडेल र शरद शङ्करको स्वर रहेको गीतमा गायक शङ्करकै सङ्गीत छ । यस्तै, फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ । 

फिल्मलाई विकास आचार्यले निर्देशन गर्नुभएको हो ।