• ७ जेठ २०८१, सोमबार

मैले खिचेको फोटो

blog

 कृतिष्मा सापकोटा 

 कक्षाः ८

ज्ञानदीप शिक्षा सदन

गौरीघाट, काठमाडौँ 

साथीहरू तपाईंहरूले मोबाइल त पक्कै पनि चलाउनुभएको छ होला । के तपाईंहरूले मोबाइलबाट फोटो खिच्नु भएको छ ? यदि छैन भने फोटो खिच्नु होला । तपाईंहरू थुप्रै ठाउँ भ्रमण गरिसक्नु भयो होला । तपाईंहरूले भ्रमण गरेको ठाउँहरूको दृश्यको फोटो खिच्नुभयो ? म धान्द्रुक गाउँमा भ्रमण गर्न गएको थिएँ । आहा त्यो गाउँ त अति नै सुन्दर रहेछ । 

धान्द्रुक गाउँ त गुरुङ पोसाक, गुरुङ समुदायको खाना र बिहानको झुल्के घामसँगै अन्नपूर्ण हिमालको दृश्यका लागि चर्चित छ । आहा त्यो हिमालको दृश्य त अति नै सुन्दर थियो । मैले त्यो हिमालको दृश्यको फोटो खिचेँ । त्यो त मलाई अति नै राम्रो लाग्यो । यो गाउँ भ्रमण गर्ने क्रममा मैले फूलको फोटो पनि खिचेँ । 

त्यसैले साथीहरू मैले त निकै राम्रो फोटोहरू खिचेँ । तपाईंहरूले पनि खिच्नुहोला । फोटो खिच्न  क्यामरा नै चाइन्छ भन्ने छैन । मोबाइलबाट नि राम्रो फोटो आउँछ । त्यसैले साथीहरू कुनै पनि ठाउँ भ्रमण गर्न जाँदा फोटोचाहिँ पक्कै पनि खिच्नु होला ।