• ३० वैशाख २०८१, आइतबार

जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

blog

सांकेतिक तस्बिर

पर्सा, फागुन २४ गते । पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । 

भारत बिहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरेर फर्किंदै गरेको ना ५ ख ११९८ नम्बरको बस बुधबार बिहान अनियन्त्रित भएर पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस