• १५ मंसिर २०८१, शनिबार

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै

blog

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठक । फाइल तस्बिर

काठमाडौं, फागुन १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो ।

उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पार्नुभयो ।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो ।