• ११ कात्तिक २०८१, आइतबार

छोरीको विहे गर्ने पलानुको सपना चक्नाचुर

blog

नगदसहित घर र सामग्री आगलागीले जलेर नष्ट भएपछि विलौना गर्नुहुँदै पलानु यादव । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) फागुन ११ गते । सप्तरीको बोदेबर्साईन नगरपालिका १० स्थित खडकपुरमा बिहीबार दिउँसो १२ वजे आगलागी हुदाँ लाखौं नगदसहित धनमाल जलेर नष्ट भएको छ । स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घरमा आगलागी हुदा ५० लाख बराबरको क्षति भएको छ ।तीन जनाको घर र गोठसँगै दुई वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ स्थानीय युवा उमेश यादवले जानकारी दिनुभयो ।

पलानुले जेठी छोरी सन्तोषीको फागुन २५ गते जाँजरमा विवाह तय गर्नुभएको थियो । छोरीको विवाह गर्छु भनेर भएभरको घरजग्गा राखेर ब्याजमा साहुसँग कर्जा उलिनुभयो। अचानक घरमा भएको आगलागीमा बिवाह गर्न दराजमा राखेको ५ लाख नगद, अन्नपात, पशुचौपाया लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पलानु यादव मुर्छा पर्नुभएको छ । छोरीको विवाह गर्ने उहाँको सपना आगलागीले चक्नाचुर गरिदिएको छ । 

यादव अत्यन्तै गरिब व्यक्ति हुनुहुन्छ । भएको थोरै सम्पत्ति पनि आगलागीमा जलेपछि उहाँ मुर्छा पर्नुभएको स्थानीयले बताउनुभयो । पलानुको मात्र २० लाख बराबरको क्षति भएको छ । छोरीको विवाहका लागि जोहो गरेको सबै समान गरगहना नगद जलेर खरानी भएको वडा अध्यक्ष सुमित यादवले बताउनुभयो । 

नगरमा वारुणयन्त्र नरहेकाले आगलागी नियन्त्रणमा कठिन भइरहेको बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो । हाम्रो नगरपालिकाको आन्तरिक स्रोत कम रहेकाले वारुणयन्त्र राखेर सञ्चालन गर्न गाह्रो भएको हो उहाँले भन्नुभयो । आउने दिनमा बलान विहुल, डाक्नेश्वरी गरी तीन वटा स्थानीय तह मिलेर वारुणयन्त्र खरिद गर्ने योजना बनिरहेको नगर प्रमुख सिंहले बताउनुभयो ।