• २० असार २०८१, बिहिबार

लेइपजिगसँग बराबरीमा रोकियो सिटी

blog

पहिलो लेगमा प्रतिस्पर्धा गर्दै सिटी र लेइपजिगका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन ११ गते । इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ ।

बुधबार राति लेइपजिगको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सिटी १-१ गोलको बराबरीमा रोकिएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरीमा चित्त बुझायो ।

सिटीका लागि रियाद महारेजले २७औं मिनेटमा इल्केइ गुन्डोगानको पासमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा सुधाएिको प्रदर्शन गरेको लेइपजिगले ७०औं मिनेटमा बराबरी गोल फर्कायो ।

जोस्को ग्वार्डीओलले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो । बराबरीसँगै दुवै टोलीले क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायम राखेका छन् । दोस्रो लेग मार्च १५ तारिख सिटीको मैदानमा हुनेछ ।

बुधबार राति नै भएको अर्को प्रिक्वार्टरफाइनल खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० गोलले हरायो ।

१० खेलाडीमा समेटिएको पोर्टोलाई हराउन इन्टरका रोमेलु लुकाकुले ८६औं मिनेटमा गोल गर्नुभयो । दोस्रो लेग मार्च १५ तारिख पोर्टोको मैदानमा हुनेछ । एजेन्सी