• २० असार २०८१, बिहिबार

लिभरपुलमाथि रियलको सानदार जित

blog

पहिलो लेगमा प्रतिस्पर्धा गर्दै रियल र लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १० गते । स्पेनिस पावर हाउस रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई उसैको मैदानमा ५–२ गोलले हरायो । रियलले पुनरागमन जित निकालेको हो । 

रियलको जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले दुई दुई गोल गर्नुभयो । इडर मिलिटाओले एक गोल गर्नुभयो । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वनामा परिणत भयो । भिनिसियसले २१औँ र ३६औँ मिनेटमा गोल गर्नुभयो । बेन्जेमाले ५५औँ र ६७औँ मिनेटमा गोल गर्नुभयो ।

इडरले ४७औँ मिनेटमा गोल गर्नुभएको थियो । लिभरपुलका नुनेजले चौथो मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । सलाहले १४औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै रियलले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेग रियलको घरेलु मैदानमा मार्च १५ तारिक हुनेछ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न फराकिलो जितको आवश्यकता पर्दछ । अर्को खेलमा इटालियन क्लब नापोलीले जर्मन क्लब फ्रान्कफर्टलाई उसैको मैदानमा २–० गोलले हरायो । १० खेलाडीमा समेटिएको नापोलीको जितमा 

भिक्टर ओसिमहेनले ४०औँ र जियोभानी डी लोरेन्जोले ६५औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो गोल मार्च १५ तारिक नापोलीको घरेलु मैदानमा हुनेछ । एजेन्सी