• २५ वैशाख २०८१, मङ्गलबार

उपाधि दौडमा रहेको पीएसजीलाई मोनाकोको झट्का

blog

पीएसजीविरुद्ध गोल गरेपछि मोनाकोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ २९ गते । फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई मोनाकोको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मोनाकोले शीर्षटोली पीएसजीलाई ३–१ गोलले हरायो ।

सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा मोनाकोको जितमा विसाम विन एडरले दुई गोल गर्नुभयो । एडरले १८औं र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्नुभएको थियो । एलेक्सान्डर गोलोभिनले चौथो मिनेटमा खाता खोल्नुभएको थियो । पीएसजीका वारिन जाइरे इम्रीले ३९औं मिनेटमा एक गोल फर्काउनुभएको थियो ।

हारेपनि शीर्षस्थानमा रहेको पीएसजीको २३ खेलबाट ५४ अङ्क छ । जितसँगै तेस्रो स्थानमा उक्लिएको मोनाकोको ४७ अङ्क छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४९ अङ्क छ । शनिबार राति नै भएको खेलमा मार्सेलीले क्लेयरमोन्टलाई २–० गोलले हरायो ।  एजेन्सी