• २४ वैशाख २०८१, सोमबार

रियललाई क्लब विश्वकप उपाधि

blog

उपाधिसहित रियलका कप्तान करिम बेन्जेमा र एन्टोनियो रुडीगर । तस्बिर : एएफपी/रासस

काठमाडौं, माघ २९ गते । फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५–३ गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।

रियल कीर्तिमानी पाँचौं पटक क्लब विश्वकप च्याम्पियन बनेको हो । रियलको जितमा भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले दुई दुई गोल गर्नुभयो । अर्को गोल कप्तान करिम बेन्जेमाले थप्नुभएको थियो । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गर्नुभयो ।

पाँचौं पटक क्लब विश्वकपको फाइनलमा पुगेको रियलले सबै फाइनल खेल जित्न सफल भयो । यसअघि रियलले सन् २०१४ मा पहिलो तथा सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन पटक उपाधि चुमेको थियो । एजेन्सी