• १७ कात्तिक २०८१, शनिबार

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक घाइते

blog

प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टर अगाडि लागेको भीड ।

काठमाडौं, माघ २७ गते। प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनुभएको छ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते हुनुभएको हो। सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहनु भएका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए। 

उहाँको टाउँकोमा चोट लागेको छ। सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकले प्रदर्शन गरिरहेका छन्। ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकले प्रहरीको विरोधमा प्रदर्शन गरिरहेका छन्। अहिले घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीबीच छलफल भइरहेको छ।