• १२ साउन २०८१, शनिबार

मेरो देश (बालगीत)

blog

मेरो देश नेपाल हो संस्कृतिको धनी 

प्रकृति र सम्पदाले भरिपूर्ण छ नि ।


सारङ्गी र मुुर्चुङ्गाको कति राम्रो धुन

हाक्पारे र तामाङशेलो झनै राम्रो सुन ।


तराईका फाँटहरू हेर्दा साह्रै राम्रो

हरियाली डाँडाकाँडा सम्पत्ति हो हाम्रो ।


पहाडका जडीबुटी नेपालको धन

हेर्दा हिमाल लोभिँदो हो पर्यटकको मन ।


मस्जिद, गुम्बा चर्च अनि मन्दिरको देश

आफ्ना आफ्ना भाषा शैली आफ्नै छ नि भेष ।


मेहनती हात पाए रूप फेर्न सक्छ

नेपाल नै स्वर्गजस्तो चाँडै बन्न सक्छ ।

दुवाकोट, भक्तपुर