गोविन्द शर्मा
नेपालगन्ज, माघ २७ गते । बाँकेको डुलुवास्थित जयेन्दु बालसुधार गृहमा रहेका बालकहरूको दुई समूहबीच बिहीबार झडप भएको छ । दिउँसो झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृहभित्र आगजनी समेत भएको छ ।
नेपालगन्जबाट भक्तपुर बाल सुधारगृहमा लैजाने क्रममा राति असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन् । सिरक, डस्नालगायतका सामग्री रहेको सुधारगृह व्यवस्थापन पक्षले जनाएको छ । सुधार गृहमा यसअघि पनि पटक–पटक झडप हुनेगरेको थियो । स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो ।
सुधार गृहमा करिब २२५ बढी बालकहरू छन् । बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले सुधार गृहमा तत्काल के गर्ने भनेर बैठक बसेर आवश्यक निर्णय गर्न लागेको जानकारी दिनुभयो ।