• १३ साउन २०८१, आइतबार

कांग्रेसलाई विपक्षी दलको मान्यता दिनुको कारण माग

blog

काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको दललाई प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमलप्रसाद पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुको थियो ।

उक्त रिटमा बुधबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ गर्दै सङ्घीय सचिवालयसँग कांग्रेसलाई विपक्ष दलको मान्यता दिनुका कारण दिन आदेश दिएको हो ।

त्यस्तै, न्यायाधीश माथेमाले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउन पनि आदेश दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएको कांग्रेसलाई संसद् सचिवालयले माघ ४ गते प्रमुख विपक्षी दलको मान्यता दिएको थियो ।