• १३ साउन २०८१, आइतबार

नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित

blog

काठमाडौं, माघ २५ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो १ बजे बस्ने मिति तय भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित भएको जानकारी दिनुभएको हो । अब उपयुक्त समयमा कांग्रेसको संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ ।