• ८ मंसिर २०८१, शनिबार

कथा सङ्घर्षको

blog

योजना बुढाथोकी 

कक्षाः ७ 

गोरखा इन्टरनेसनल पब्लिक मा. वि., दाङ 

विद्यालयमा हामी सबैको काम पढ्ने हो ।  अनुशासित बन्ने हो । सबैको बानी व्यवहार , आचारण र स्वभाव एउटै हँुदैन ।  प्रदिना नाम गरेको मेरो साथी भने केही फरक खालकी थिइन् । कसैको कापी, कसैको कलम केही न केही चोरी हाल्ने बानी थियो । एकदिन साथीको किताब हरायो । सबैले उनैलाई शङ्का गरे । नभन्दै हेडसरकोमा लगियो । हेरडसरले पनि उनलाई सजाय दिनुभयो । उनलाई सबको अगाडि लाज भयो । कति दिनसम्म भोक्रिएर बसिन् । पछि विस्तारै उनको मनमा राम्रो कुरा आए । आफूले गरेको गल्ती फेरि नदोहो¥याउने प्रतिज्ञा पनि गरिन् । 

विस्तारै उनमा धेरै किसिमको परिवर्तन आयो । उनले पढाइमा धेरै राम्रो गरिन् । जेहेनदार र मेहनती बनिन् ।  परीक्षामा सबैभन्दा उत्कृष्ट बन्न सफल भइन । उनको यस्तो राम्रो नतिजा देखेर नबोल्ने साथीहरू पनि उनीसँग बोल्न थाले । शिक्षकहरू त झन खुसी हुनुभयो ।  

साथीहरू जानी नजानी गल्ती त सानो उमेरमा जसले पनि गर्छ तर फेरि फेरि त्यही गल्ती दोहो¥याउनु भएन । गल्तीको प्रायश्चित गर्नुपर्छ । फेरि फेरि गर्नु हुँदैन ।