• २६ वैशाख २०८१, बुधबार

मानवताको नाता

blog

हेर्दा पनि कति राम्रो कमिलाको ताँती

कमिलाझैँ मिल्नुपर्छ हामी साथी साथी


आँधी, हुरी, असिनाको मान्नुपर्छ डर

बेइमान र फटाइँबाट  हुनुपर्छ पर


बगैँचाका फूल टिपी व्यर्थ फाल्नु हुन्न

फलामजस्तो मन कठोर कहिले पार्नु हुन्न


आकाशजस्तै मन खुला पार्न सिक्नुपर्छ

धर्तीजस्तै सहनशील बन्न सिक्नुपर्छ


माया, प्रेम, विश्वासको गाउनुपर्छ गीत

मानवताको नाता गासौँ हरेक मानिससित