काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालका प्रेश संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । ।
राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने एमाले अध्यक्ष ओलीको अडान छ ।