• ६ वैशाख २०८१, बिहिबार

पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन

blog

काठमाडौं, माघ २२ गते । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ । ९५ वर्षीय राणको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:३० बजे निधन भएको पूर्वमन्त्री सुनिलबहादुर थापाले गोखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

राणा नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर र पूर्व अर्थ सचिव समेत हुनुहुन्थ्यो । उहाँले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम समेत गर्नुभएको थियो ।

राणाको अग्रसरतामा सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी  र सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना भएको थियो । उहाँ हिमालयन बैंकको अध्यक्ष पनि हुनुभएको थियो ।