• ११ मंसिर २०८१, मङ्गलबार

‘निफ’को निर्णायक मण्डलमा अभिनेत्री कार्की

blog

काठमाडौँ, माघ २० गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत हुनुभएको छ। महोत्सव आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो।

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौँमा निफ आयोजना हुँदै छ। कुल पाँच जना जुरीमध्ये बाँकी तीनचाहिँ विदेशी फिल्ममेकर हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो। प्रियङ्का फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनीत हुनुभएको हो।